Welcome to District Forest Office Rasuwa

रसुवा जिल्लाको परिचय रसुवा जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, दक्षिणमा नुवाकोट, पश्चिममा धादिङ र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत रहेकोछ । आन्तरिक सिमान छुट्याउने कार्यमा नदी, खोला, नाला, पहाड र बाटोहरू तथा अन्र्तराष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरुको उपस्थिती रहेको छ ।
पूर्व – सिन्धुपाल्चोक
पश्चिम – धादिङ
उत्तर – चीनको स्वशासित क्षेत्र तिव्वत
दक्षिण – नुवाकोट
हिन्दुहरुको पवित्र तीर्थस्थल गोसाईकुण्ड र यस कुण्डलाई उद्गम स्थल बनाई प्रवाहित त्रिशुली नदीले जिल्लाको वैभव कायम गर्नमा महन्वपूर्ण भूमिका निभाएको छ । भौगोलिक तथा आर्थिक सामाजिक विविधताको फलस्वरुप यस जिल्लामा विशिष्ट हिमाली जिवन शैलीका बिच रहन सहन, भेषभुष र चालचलनमा तिब्बती संस्कृतिको प्रशस्त प्रभाव परेको देखिन्छ । यस जिल्लाको नामाकरण सम्बन्धमा तिव्वती भाषाको “र” र “सोवा” शब्दलाई उदृत गरिएको पाइन्छ । “र” को अर्थ “भेडा, च्याङग्रा” र “सोवा” को अर्र्थ “चराउने वा राख्ने ठाउँ” भन्ने वुझिन्छ । अर्थात प्रशस्त चरन क्षेत्र र भेडा, च्याङग्रा पाइने ठाउँ भएकोले “रसोवा” भन्ने गरेको र बोलिचालीको भाषामा अपभं्रस भएर पछि रसुवा भन्न थालिएको भनाई रहेको छ । यस जिल्लामा भोटसँगको युद्धको बेला नेपाली जनताले निर्माण गरेको रसुवागढी पर्दछ । मध्यकालमा नेपाल र तिब्बतको व्यापार यही रसुवागढीको बाटोबाट हुन्थ्यो, साथै नेपाली तारा भृकुटी घर माइत गर्ने यही रसुवा गढीको बाटो थियो ।