logo

बागमती प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय रसुवा

धुन्चे, रसुवा

logo

परिचय

आ.व. २०३६/०३७ देखि जिल्ला वन कार्यालय नुवाकोटबाट सामुदायिक वन विकास कार्यक्रम संचालन भएता पनि पछि वि.सं.२०४२ सालमा जिल्ला वन कार्यालय, रसुवाको रुपमा स्थापना भई रसुवा जिल्लाको समग्र वन क्षेत्रको संरक्षण तथा व्यवस्थापकीय जिम्मेवारी पाएकोे हो । संघीय संरचना वमोजिम २०७५ साल बाट साविकका जिल्ला वन कार्यालयहरु प्रदेश सरकारका कार्यालयहरुमा रुपान्तरित भए अनुसार यो कार्यालय डिभिजन वन कार्यालयको रुपमा स्थापितभएको छ । रसुवा जिल्लाको कूल क्षेत्रफल १५०१२२ हेक्टर छ । जस मध्ये ४२९७१ हे. क्षेत्रफल डिभिजन वन कार्यालयको कार्यक्षेत्र र बाँकी लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्दछ । रसुवा जिल्ला रहेका ५ वटा गाउँपालिका (साबिकका १८ गा.वि.स.मा) मध्ये डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा ३ वटा गाउँपालिका (साबिकका ७ गा.वि.स.) का ९ वटा वडाहरु पर्छ भने बाँकी २ गाउँपालिका (साबिकका ११ गा.वि.स.) लाङटाङ राष्ट्रियनिकुञ्जको कार्यक्षेत्रमा पर्दछ ।