NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व दशमी - १०

परिचय

आ.व. २०३६/०३७ देखि डिभिजन वन कार्यालय नुवाकोटबाट सामुदायिक वन विकास कार्यक्रम संचालन भएता पनि पछि वि.सं.२०४२ सालमा जिल्ला वन कार्यालय, रसुवाको रुपमा स्थापना भई रसुवा जिल्लाको समग्र वन क्षेत्रको संरक्षण तथा व्यवस्थापकीय जिम्मेवारी पाएको हो। संघीय संरचना बमोजिम आ.व. २०७५/७६ बाट साविकका जिल्ला वन कार्यालयहरु प्रदेश सरकार अन्तर्गत रहने गरि डिभिजन वन कार्यालयहरुमा रुपान्तरित भएको छ। हाल यस कार्यालय अन्तर्गत २ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन्। रसुवा जिल्लाको कूल क्षेत्रफल १५०१२२ हेक्टर छ, जसमध्ये ४२९७१ हे. क्षेत्रफल डिभिजन वन कार्यालयको कार्यक्षेत्र र बाँकी लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ। रसुवा जिल्लामा रहेका ५ वटा गाउँपालिका (साबिकका १८ गा.वि.स.) मध्ये डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा ३ गाउँपालिका मध्ये उत्तरगया गाँउपालिकाको वडा नं. १, २ र ३, आमाछोदिङमो गाउँपालिकाका सबै ५ वटै वडा र गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १ समेत (साविकका ७ गा.वि.स.) नौ वटा वडाहरु पर्छ भने उत्तरगया गाँउपालिकाको वडा नं. ४ र ५, र गोसाईकुण्ड गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६, नौकुण्ड गाउँपालिकाको सबै ६ वटा वडाहरु, कालिका गाउँपालिकाको सबै ५ वटा वडाहरु समेत अठार वटा वडाहरु (साविकका ११ गा.वि.स.) लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा पर्दछ।

वनश्रोत सर्वेक्षण (२०१०-२०१४) अनुसार रसुवा जिल्लाको कुल क्षेत्रफल १५०,१२३ हेक्टर मध्ये वन क्षेत्रले ४९,८२१ हेक्टर भू-भाग ओगेटको छ, जुन रसुवाको कुल क्षेत्रफलको ३३.१९ प्रतिशत हुन आउँछ। अन्य काष्ठ तथा बुट्यान क्षेत्र ४,९३५ हेक्टर (३.२९ प्रतिशत) रहेको छ। यस जिल्लाको कुल वनक्षेत्र ४९,८२१ हेक्टर मध्ये १८१२० हेक्टर यस कार्यालयको कार्यक्षेत्र भित्र पर्दछ। जसमध्ये हाल सम्म ६६१०.९२ हेक्टर वन क्षेत्रको ६९ वटा सामुदायिक वन उपभोक्ता समूहका ५६९६ धरधुरीले संरक्षण, विकास र उपयोग गरिरहेका छन्। साथै यस कार्यालयबाट आ.व. २०८१/०८२ सम्म 6.87 हे क्षेत्रफलका ८ वटा निजी वन दर्ता भईसकेका छन्। जैविक विविधताले भरिपूर्ण यस जिल्लाका वनहरूमा विभिन्न प्रकारक वन, वनस्पति र वन्यजन्तुहरू पाईन्छन्।

null